२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले रामधुनी नगरपालिका–५ का ३५ वर्षीय भीमबहादुर गुरुङलाई माघ २७ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश ध्रुवकुमार उप्रेतीको इजलासले कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७६ भदौ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध भदौ २ गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले भदौ २ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २ गते गरिएको थियो ।