नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, जाजरकोटका कार्यकर्ता ३४ वर्षीय खडक सिंहलाई प्रहरीले माघ २४ गते जिल्ला कारागार जाजरकोटबाट पुनः गिरफ्तार गरेको छ ।
गत साउन १० गते सुर्खेत जिल्लाबाट गिरफ्तार गरी सुर्खेत प्रहरीले जाजरकोट प्रहरीलाई बुझाएको र जाजरकोट प्रहरीले अनुसन्धान गरिरहेका सिंहलाई जिल्ला अदालत जाजरकोटले भदौ १ गते १ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको भएपनि सिंहले माघ २४ गते मात्र धरौटी रकम बुझाएका थिए ।
धरौटी रकम बुझाए लगत्तै रिहा भएका सिंहलाई जिल्ला अदालतको आदेशको अवेज्ञा गर्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटले जिल्ला कारागार परिसर जाजरकोटबाट पुनः गिरफ्तार गरेको हो ।
सिंहलाई स्थानीय व्यवसायीहरूलाई डर धम्की देखाएर चन्दा असुली गरेको र शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीको आरोप छ ।