INSEC Online

📅 २०८३ जेष्ठ २१

साइपाल गाउँपालीकामा खाद्यान्न अभाव

जिल्लाको हिमालि स्थानीय तह साइपाल गाउँपालीकामा विगत दुई महिनादेखि खाद्यान्न अभाव भएको छ ।

खाद्यान्न अभाव भएपछि आफूहरुलाई विहानवेलुकीको छाक टार्न समस्या भएको साइपाल गाउँपालिका वडा नम्बर ३,४ र ५ का स्थानीयहरुले गुनासो गरेका छन् ।

हिमालि क्षेत्रसँग जोडिएको स्थानीय तह साइपाल गाउँपालीकाको वडा नम्बर ३ ,४ र ५ का काँडा ,धुलि, न्युना , बलौडि लगाएतका गाउँहरुमा मङ्सिर महिनादेखि खाद्यान्न  अभाव भएको वडा नम्बर ३ का स्थानीय  बमबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘तीन महिनादेखि खाद्यान्न अभाव भएको छ । घरमा भएको सबै अन्न सकिएको छ । स्थानीय सरकारले यो समस्या प्रति चाँसो दिएको छैन् ।’

साइपाल गाउँपालीकाका अध्यक्ष राजेन्द्र धामीले बाटोमा हिउँ परेको कारण खच्चरबाट समेत खाद्यान्न ल्याउन नसकिएकोले समस्या उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘हिउँ पग्लन वित्तिकै खाद्यान्न ढुवानि गर्छाैँ । वडा नम्बर १ र २ को धलौनसम्म खाद्यान्न ढुवानि भइसकेको छ । केही दिनमै समस्या समाधान हुन्छ ।’

 

अन्य

भिडियो