१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की जिल्ला मादी गाउँपालिका–४ घर भएका २० वर्षीय भुवन लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०७६ माघ २२ गते गिरफ्तार गरिएको छ । माघ १९ गते भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क स्थित होटलमा बलात्कार गरेको भन्दै पीडितको आमाले माघ २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । पीडित बालिकाको माघ २२ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । आरोपितलाई माघ २३ गते चितवन अदालतबाट पुर्पक्षको लागि म्याद थप गरेकोे छ ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री