१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बाबुलाई माघ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले ६ महिनायता बलात्कार गर्दै आएको र अन्तिम पटक माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १५ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी दीलिप गिरीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतलामा माघ १५ गते गरिएको छ ।