१५ वर्षीया बालिकालाई राजविराज नपा–१३ विषहरियाका २६ वर्षीय रोशनकुमार यादवले बलात्कार गरेको भन्दै पीडितका ५८ वर्षीय काकाले ०७६ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
दिशापिसाब गर्न माघ १८ गते राति घरबाट निस्किएको बेला आरोपितले जबरजस्ती सुनसान ठाउँमा लगेर बलात्कार गरी माघ १९ गते बिहान फरार भएको भन्दै पीडितका काकाले उजुरी दिनु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ज्यान मार्ने धम्की दिई जबरजस्ती सिन्दुर लगाई दिएर रातभरी बलात्कार गरेका आरोपित बिहान फरार भएको पीडितले बताउनु भएको छ ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ २१ गते स्वास्थ्य परिक्षण भएको छ ।
घटना पछि आरोपितका अभिभावकहरुले आरोपित युवकलाई भारत विहारको जमुनानगर भगाई दिएको पीडितका काकाले बताउनु भएको छ ।
प्रहरीले आरोपितका बुवालाई नियन्त्रणमा लिएकोमा चार दिनभित्र आरोपितलाई उपस्थित गराउने शर्तमा माघ २२ गते हाजिर जमानीमा छाडेको छ ।