INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका प्युठान जिल्ला सदस्य ३७ वर्षीय चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले ०७६ माघ २० गते गिरफ्तार गरेको छ ।

कार्कीले प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा कुश्मा नपा–६ शिवालय चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले बताउनुभयो ।

चिमबहादुर कार्कीलाई ०७६ असार ४ गते कास्की प्रहरीले गिरफ्तार गरी असार ३० गते कास्की जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटाउने आदेश दिएको थियो ।

इन्स्पेक्टर थापाका अनुसार कार्कीलाई सार्वजनिक हित विपरित कार्य गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्वतले सरकारी वकिल कार्यालय, पर्वत मार्फत पर्वत जिल्ला अदालतमा माघ २१ गते मुद्दा दायर गरिएको छ ।

कार्कीको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला अस्पताल पर्वतमा गरिएको जानकारी इन्स्पेक्टर थापाले दिनुभयो ।

 

 

 

 

अन्य

भिडियो