१५ वर्षीया बालिकालाई ०७६ माघ १८ गते बलात्कार गरेको आरोपमा बारा जिल्ला गढीमाई नगरपालिका–२ बस्ने ३४ वर्षीय रुद्र खत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विवाह गर्छु भनी भरतपुर महानगरपालिका–११ डेरामा बलात्कार गरेको भन्दै पीडितको आमाले माघ २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको प्रहरीले बताएको छ । आरोपीतलाई माघ २१ गते चितवन प्रहरीले भरतपुरबाट गिरफ्तार गरेको प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । बालिकाको २० गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।