१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार घर भई विगत १५ वर्षदेखि झारफुक गर्दै आएका तान्त्रिक कोल्हवी नपा–११ रमपुर्वा बस्ने ५५ वर्षीय रामेश्वर शर्मा भनिने हरिनारायण शर्मालाई माघ १९ गते राति गिरफ्तार गरेको छ ।
आशाराम बाबाका चेला बताउने गाउँमा झण्डा बाबा भनेर चिनिएका उनले बालिकालाई मन्त्र विद्या सिकाउँछु भनि पीडितको घरमा बलात्कार गरेको आरोप छ । आरोपितलाई घटना स्थलबाटै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
पीडित परिवारले माघ २० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् । पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण माघ २० गते कलैया अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।