INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा सिन्धुपाल्चोक सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यिनिष्ट पार्टीका सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरीलाई प्रहरीले भक्तपुरबाट गिरफ्तार गरेको छ ।

व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिका प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई माघ ६ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

प्रहरीले मध्यपुरथिमि–४, स्थित चारदोबाटोमा स्थानीय व्यापारीहरुलाई धम्क्याउदै जबरजस्ती चन्दा असुली गर्दै गरेको अबस्थामा प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी तामाङलाई गिरफ्तार गरि अनुसन्धान सुरु गरेको हो । गिरफ्तार परेका तामाङलाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो