INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपमा वडा सचिव गिरफ्तार

३२ वर्षीया महिलालाई माघ ५ गते दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले देवताल गाउँपालिका–६ का वडा सचिव ४५ वर्षीय बलिराम मण्डललाई माघ ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले घरको गोठ नजिक रहेको उखुबारीमा ज्यानमार्ने धम्की दिएर बलात्कार गरेको भन्दै पीडित महिलाले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले आरोपितलाई उनकै गाउँबाट गिरफ्तार गरेको एसपी विकाशराज खनालले बताउनु भएको छ ।

पीडित महिलाको माघ ६ गते कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपितलाई मुलुकी अपराध संहिता २०७४ अनुसार जबर्जस्तीकरणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।

अन्य

भिडियो