हेटौंडा उपमहानगरपालिका–१८ दियावतीकी २५ बर्षीया मिना अधिकारीको हत्याको आरोपमा मकवानपुर प्रहरीले उनका पति २८ वर्षीय यज्ञराज अधिकारीलाई गिरफ्तार गरेको छ ।
माघ ५ गते बिहान घर नजिक खोल्सामा मिनाको शव भेटिएपछि मिनाको माइती पक्षले यज्ञराजले नै हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा माघ ५ गते उजुरी दिएपछि प्रहरीले माघ ५ गते नै घरैबाट यज्ञराजलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललनकुमार कुर्मीले बताउनुभयो ।
मृतकको शरीरको विभिन्न अङ्गमा चोट र डाम देखिएकोले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको माघ ५ गते नै हेटाैडा अस्पातालमा पाेष्टमार्टम भएकाे छ ।