INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया किशोरीलाई पुस २९ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२० का १८ वर्षीय नैमुदिन अंसारी, २५ वर्षीय शेष जमिन आलम र १९ वर्षीय शेष समी अख्तरलाई माघ १ गते गिरफ्तार गरेको छ ।
पीडित परिवारले माघ १ गते ईलाका प्रहरी कार्यालय सिमरामा दिएको उजुरी माघ २ गते दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपका लागि अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले बताउनु भयो ।
मुख र खुट्टा कपडाले बाँधी आरोपित तीन जनाले एक किलोमिटर टाढा उखुबारीमा लगी सामूहिक बलात्कार गरेको पीडितको आरोप छ ।
यस घटनामा माघ १ गते गाउँमा बसेको पंचायतले आरोपित उनीहरुलाई १ लाख ५० हजार रुपियाँका दरले जरिवाना, टाउको मुण्डन गर्ने, अनुहारमा मोविल तथा कालो मुसो दल्ने, चप्पल र जुताको माला लगाएर गाउँ घुमाउने निर्णय गरेको थियो  ।
माघ १ गते विहान १० बजे सो निर्णय अनुसार गाउँ घुमाउने क्रममा इनर्वा प्रहरी चौकी, फत्तेपुर प्रहरी चौकी र जितपुर प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले बलात्कार घटनाका आरोपितहरुलाई गिरफ्तार गरेको हो ।
पीडित र आरोपितहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा माघ १ गते स्वास्थ्य परीक्षण गरीएको प्रहरीले जनाएको छ ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर भएकाले किशोरीको उपचार खर्चमा समस्या भएको र मिलापत्र गर्न सामाजिक दवाव आइरहेको पीडित किशोरीका घर परिवारका सदस्यतले जानकारी दिनु भयो ।

अन्य

भिडियो