INSEC Online

📅 २०८३ जेष्ठ २१

याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक १८ वर्षीया युवतीलाई ०७६ पुस २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–१ का ५५ वर्षीय केदारप्रसाद दाहाललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।

मन्थलीमा लेखापढी व्यवसाय गर्दै आएका दाहालले आफ्नै कार्यालयमा बोलाई दुर्व्यवहार गरेको पीडित बालिकाको भनाई छ । पीडित पक्षले उजुरी गर्ने बित्तिकै दाहाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जनकारी दिनुभयो ।

दुवैजनाको मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुस २८ गते स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो