१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगर–१६ बस्ने २५ वर्षीय गोपाल भनिने सुवास परियारलाई १४ वर्ष कैद फैसला गरिएको छ ।
चितवन अदालतका न्यायाधीश केशव अधिकारीको पुस २८ गतेको इजलासले परियारलाई १४ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो । परियारले २०७६ जेठ २ गते जबरजस्ती करणी गरेको भन्दै जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित आफैले उजुरी दिनुभएको थियो । आरोपित ४ गते भरतपुरबाट गिरफ्तार भएका थिए । बालिकाको जेठ ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।