INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार आरोपमा गिरफ्तार

७ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे अभियोगमा भरतपुर महानगर–२९ बस्ने ८० वर्षिय सवानसिंह गुरूङलाई जिल्ला प्रहरी कार्यालय चितवनले पुस २६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  २०७६ पुस २४ गते दुर्व्यवहार गरेकाे भन्दै आमाले पुस २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । पुस २७ गते चितवन अदालतमा म्याद थप भएको चितवन प्रहरी प्रवत्ता डीएसपी एकनारायण कोइरालाले बताए । बालिकाको पुस २६ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो