INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नाम बागमती

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा दुई तिहाईभन्द बढी मतका साथ पारित भएको छ ।

प्रदेश सभामा पुस २७ गते भएको मतदान प्रक्रियामा प्रदेश सभाका कुल एकसय १० सदस्यमध्ये हेटौंडाको पक्षमा एकसय पाँच मत खसेको छ । हेटौंडाको विपक्षमा जम्मा ३ मत परेको छ ।

81859142_591821488281060_3496713264300032_n

प्रदेश ३ को स्थायी राजधानिको लागि प्रदेश सभामा पुस २६ गते मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल राख्ने प्रस्ताब दर्ता भएको थियो । स्थायी राजधानिको लागि दर्ता भएको हेटौंडा र काभ्रेकोबिचमा निर्णयको लागि पुस २७ गते मतदान गरिएको थियो ।

मतदान प्रकृया अन्तर्गत सुरुमा काभ्रेको पक्षमा मतदान गरिएको थियो । मतदानमा एकसय चार जना सांसदले भाग लिएका थिए । काभ्रेको पक्षमा जम्मा तीन मत परेको थियो । काभ्रेको पक्षमा बिबेकशिलका सांसद रमेश पौडेल, बिराजभक्त श्रेष्ठ र शोभा शाक्यले मतदान गर्नुभएको थियो । काभ्रेको विपक्षमा एकसय एक मत परेको थियो । विपक्षमा नेकपा, काङ्ग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका साम्सदले मतदान गरेका थिए । काभ्रेको पक्षमा बहुमत नआएपछि हेटौंडाको लागि मतदान गरिएको थियो । हेटौंडाको पक्षमा भएको मतदानमा कुल एकसय आठ जनाले भाग लिएका थिए । हेटौंडाको लागि एकसयपाँच मत आएको थियो । भने विपक्षमा जम्मा तीन मत आएको थियो । हेटौंडाको पक्षमा एकसय पाँच मत आएको सुनाउदै सभामुख सानुकुमार श्रेष्ठले हेटौंडा प्रदेश ३ को स्थायी राजधानी अत्याधिक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

यसैगरी प्रदेश ३ को राजधानी बागमती शतप्रतिशत मत सहित पारित भएको छ । पुस २७ गते नै भएको प्रदेशको नामाकरणको लागि मतदान प्रकृयामा कुल एकसय आठ जनाले भाग लिएका थिए । प्रदेशको नाम बागमतिको पक्षमा सबै एकसय आठ जना नै सांसदले मत हालेका थिए ।

अन्य

भिडियो