दुर्गाथली गाउँपालिका–६ सैनपसेलाकी २८ वर्षीया रमा जाग्रीलाई ३५ वर्षीय पति राजु जाग्रीले कुटपिट गरेको आरोपमा पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पतिले पुस ९ गते निर्धात रूपमा कुटपिट गरेको भन्दै पीडित महिलाले पुस १० गते जिल्ला पहरी कार्यालय,बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तर गरी अभद्र व्यवाहार अन्तर्गत मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले बताउनु भयो ।
एक सात अगाडि राजु जाग्रीले रमालाई निर्धात कुटपिट गरी कोठामै बन्धक बनाएर राखिएको अवस्थामा पीडित रमाकी छोरीले ठुलो बुवालाई फोन गरी घटनाका बारेमा जानकरी गराएपछि घटना सार्वजनिक भएको महिला अधिकार मञ्च,बझाङकी अध्यक्ष जयन्ती जोशीले बताउनु भयो ।
पीडित महिलाको शरीर भरी निलडाम परेको र हाल उहाँलाई महिला सेफ हाउसमाराखि उपचार तथा न्यायका लागि पहल भइरहेको समेत अध्यक्ष जोशीले बताउनु भयो ।
आफूलाई यस भन्दा अगाडि पनि पतिले पटकपटक कुटपिट गर्दै आएको पीडित महिलाले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७