सात वर्षीया बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका १८ वर्षीय बालकलाई पुस ६ गते मणिग्रामबाटै गिरफ्तार गरेको छ ।
आरोपितले साथीसँग खेलिरहेकी बालिका नजिकैको ट्वाइलेटमा पिसाब फेर्न गएको अवस्थामा ट्वाइलेटमै बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले आरोपितविरूद्ध पुस ६ गते साँझ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनायो ।