१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ ।
पीडित युवतीलाई आरोपितले पछिल्लो पटक गत मङ्सिर ८ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण पुस ३ गते नै भरतपुर अस्पतालमा गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री