INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई बम बनाउने सामाग्री सहित प्रहरीले पुस १ गते दार्मा गाउँपालिका–५, भँगेरी खोलाबाट गिरफ्तार गरेको छ ।

केसीको साथबाट बम बनाउन प्रयोग हुने नं. ६ डेटोनेटर, नं. ३३ इलेक्ट्रिक डेटोनेटर, सेफ्टी फ्युज, सल्फ्युरिक एसिड (सोडा गन्धक), आइइडीमा प्रयोग हुने छर्रा, भोल्टमिटर, ३०३ राइफलको एक राउण्ड गोली र पार्टी सम्बन्धीत कागजात पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

पक्राउ परेका केसीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यानको हिरासतमा रासतमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो