INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य उपचारमा समस्या

दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा चौतारा कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरवन्दी भएपनि दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदा कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारबाट वञ्चित भएका हुन् ।

चौतारा कारागारमा एक जना अहेवको दरबन्दी भएपनि हालसम्म स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवा बाट बंचित भएको कारागारका निमित्त प्रमुख बिमल अधिकारीले बताउनुभयो ।

स्वास्थ्यकर्मीको अभावका कारणले नियमित स्वास्थ्य जाचमात्र नभएर मौसम अनुसारको बिभिन्न रोग लागेमा समेत जिल्ला अस्पताल तथा काठमाण्डौँमा समेत पठाउनु पर्ने बाध्यता रहेको निमित्त्त प्रमुख अधिकारीले बताउनु भयो  ।

मौसमी जाडोमा देखिएको रूघाखोकी तथा अन्य भाइरल ज्वरो आएका बिरामीहरू दैनिक ६—७ जना कैदीबन्दीहरूलाई स्वास्थ्य परिक्षणका लागि चौतारा अस्पताल लैजानु परेको कारागार भित्रका चौकीदार लाक्पा शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार चौतारा अस्पतालमा उपचार हुन नसक्ने ठूलो रोग लागेका कैदीबन्दीहरूलाई काठमाडौँमा समेत पठाउनुपर्ने बाध्यता रहेको छ ।

गएको मङ्सिर महिनामा चार जना कैदीबन्दीको उपचारका लाग काठमाडौँ पाठाइएको शेर्पाको भनाइ छ ।

सात जना महिलाको लागी भनेर निर्माण गरिएको चौतारा कारागारमा आजसम्म कैद तोकिएका ८४ र कैद नतोकिएका ३६ जना गरी १ सय २० जना पुरूषलाई राखिएको छ  ।

पुरूष राख्ने कारागार ०७२ सालको विनाशकारी भूकम्पले भत्काएपछि सो कारागार भवनको पुनर्निर्माण हुन नसकेका कारण महिला राख्ने कारागारमा पुरूष कैदीबन्दी राखिएको हो ।

याहाँका महिला कैदीबन्दीहरूलाई काठमाडौँस्थित जगन्नाथदेवलमा पठाउने गरेको कारागारका निमित्त प्रमुखले बताउनुभयो ।

क्षमता भन्दा धेरै कैदीबन्दी राखिएकाले बिभिन्न समयमा बिभिन्न रोग लाग्ने गरेको कारागारका नाइके रमेश लामाले बताउनुभयो ।

कर्मचारी समायोजनको काम ढिला भएकोले पनि कारागारमा को स्वास्थ्यकर्मी पठाउने भन्ने कुरामा समस्या भएको चौतारा सागाचोकगढी नगरपालिकाका स्वास्थ्य प्रमुख शिव पुरीले बताउनुभयो ।

अन्य

भिडियो