INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय जयबहादुर मोक्तानलाई मङ्सिर २६ गते साँझ गिरफ्तार गरेको छ ।

बोल्न नसक्ने पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते दिउँसो घर नजिकै आँप घारीमा लगेर बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते हेटौँडा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो