देशमा महिला र बालबालिकाको अधिकार हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन् ।
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा मङ्सिर २४ गते हेटौँडामा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु नि:शर्त लागुहुनुपर्ने बताउनुभयो ।
नागरिक समाज र सरकारसँग सहकार्य तथा खबरदारी गर्न इन्सेक सदा तयार रहेको उहाँले बताउनुभयो । बालबालिकाको मानव अधिकार बढी हनन् हुन थालेको र दण्डहीनता अन्त्य पहिलो माग रहेको बताउँदै नगरिकको सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ ।
७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बिहान प्रभातफेरी र्यालीको आयोजना गरिएको थियो ।



