INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१ का ६३ वर्षीय दिनेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर १७ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार केही सुस्त मनस्थिति भएकी पीडित महिलालाई आरोपितले मङ्सिर १३ गते बलात्कार प्रयास गरेकोले कारवाहीको लागि उजुरी दिइएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर १७ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो