INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घनको अनुगमन गर्न माग

नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ को उडाध्यक्ष पदका उम्मेदवारका प्रतिनिधि निर्मल गौतमले निर्वाचन आचार–संहिता उल्लङ्घन भए नभएको स्थलगत अनुगमनको माग गर्दै मङसिर ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उजुरी दर्ता गराउनुभएको छ ।

गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुवै निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत काम गरिरहेको भन्दै अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतलाई आग्रह गर्नुभएको हो ।

गौतमले नेकपाका कार्यकर्ताहरूले मतदाता प्रभावित पार्नेगरी निर्वाचन क्षेत्र नं. ३ ख अन्तर्गत बबई गाउँपालिका–१ मा डोजर लगाएर बाटो निर्माण गर्ने, सिंचाई कुलो निर्माण गर्ने, बिजुलीका पोल रातारात लगेर गाड्ने काम गरेको आरोप लगाउनुभएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका भमकेमा पनि रातको समयमा बिजुलीका पोल लगेर गाड्ने काम भएको र दुवै निर्वाचन हुने क्षेत्रमा भोजभतेर गर्ने काम भइरहेको भन्दै अनुमगनका लागि निवेदन दिएको गौतमले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने निवेदन आएपछि त्यसमाथिको कारवाही सुरू भएको जनाएको छ ।

photo20191126dang

अन्य

भिडियो