INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू

समानताको पुस्ता, बलात्कारविरूद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान मङ्सिर ९ गतेबाट रामेछापमा सुरू गरिएको छ ।

दिवस मुल आयोजक समितिले सदरमुकाम मन्थलीको विपीचोकबाट सचेतना र्‍याली आयोजना गरी अभियान सुरू गरेको हो ।

जिल्लास्थित सरकारी निकाय तथा जिल्लामा क्रियाशिल महिला अधिकार र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख एवम् प्रतिनिधि सहभागी रहेको मुल समारोह समतिको आयोजनामा विपीचोकबाट निस्किएको र्‍याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै मुल आयोजक समितिकी संयोजक एवम् मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जिल्लामा १६ दिन नै विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने बताउनुभयो ।

१६ दिनसम्म चल्ने सो अभियान १० डिसेम्बर अर्थात् मानव अधिकार दिवसको दिन इन्सेकको अयोजनामा रामेछापको मानव अधिकारको समग्र अवस्थाको विश्लेषण गरी समापन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।  र्‍यालीमा लैङ्गिक हिंसाविरूद्धका विभिन्न नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।

photo20191125ramechhap

अन्य

भिडियो