INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), जिल्ला सदस्य गैँडाकोट नपा–१० बस्ने ६५ वर्षीय परशुराम सापकोटालाई प्रहरीले कात्तिक २८ गते कावासोती नपा–८ बाट गिरफ्तार गरेको छ ।

सापकोटालाई जिल्लाभित्र भएका विभिन्न घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अन्य

भिडियो