INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष आचार्यमाथि दुर्व्यवहार गरेको आरोप

पोखरा मनपा–२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यमाथि पोखरा मनपा–२१ बस्ने ३५ वर्षीय प्रकाश पौडेलले कात्तिक २५ गते दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । वडाध्यक्ष आचार्य र आरोपित पौडेल दुवैजना नेकपाका कार्यकर्ता हुन् ।

बाटोमा हिडिँरहेका बेला आफूलाई आरोपित पौडेलले मोटरसाइकलले ठक्कर दिँदै अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको वडाध्यक्ष आचार्यको आरोप छ ।

आफूलाई आरोपित पौडेलले यसअघि पनि पटकपटक मार्ने धम्की दिने गरेको आचार्यले बताए । आन्तरिक छलफल गर्ने भन्ने पार्टीको निर्देशनका कारण प्रहरीमा उजुरी नदिएको पीडितको भनाई छ ।

अन्य

भिडियो