INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–५ का ४९ वर्षका कुम्मसिंह बिकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई सोही विद्यालयमा पढाउने शिक्षकले २ वर्षदेखि आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडितकी आमाले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो