१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस-४, लामिडाँडाका ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ ।
घटनालगत्तै फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा मङ्सिर ६ गते भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सई मनोज यादवले बताए ।