१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–६ गल्लामण्डीका २२ वर्षीय राहुल बानियालाई असोज २९ गते गल्लामण्डीबाटै गिरफ्तार गरेको छ ।
आरोपितले पीडित युवतीलाई विवाहको प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको र अन्तिम पटक भदौ १९ गते बलात्कार गरेको भन्दै पीडितले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।