INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका–६ का २० वर्षीय नमराज बिकलाई गिरफ्तार गरेको छ ।

०७५ चैत महिनामा पटकपटक बलात्कार गरेको र ६ महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले असोज २ गते नै गिरफ्तार गरी बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

पीडित बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज २ गते स्वास्थ्य परीक्षण भयो । चिकित्सकहरूले गर्भ रहेको समय धेरै भइसकेकाले गर्भपतन जोखिम हुने बताए ।

अन्य

भिडियो