१२ वर्षीया बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा सायल गाउँपालिका–६ का २८ वर्षीय बहादुरे साउदविरूद्ध पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ ।
घटनाका आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बलमे बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा भदौ २२ गते गरिएको इन्स्पेक्टर बमले बताए ।