INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रूङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राईलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अमोदकुमार खेरवारले जानकारी दिए ।

पीडित बालिकालाई तत्कालै स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराई साउन २९ गते जिल्ला अस्पतालमा लगी थप उपचार र स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो