INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-४ का २० वर्षीय मोहन मल्लाहलाई साउन २८ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो