INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया सुस्त मनस्थितीकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–९ मलेठका २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोशन यादवलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पाँच दिनदेखि घरबाट ‘बेपत्ता’ सुस्त मनस्थितीकी युवतीलाई आरोपितद्वयले राजविराज नपा–९ मलेठस्थित हनुमान मन्दिर पछाडि लगेर साउन २२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितका दाजुले आरोपितद्वय विरूद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले साउन २३ गते दर्ता गरेको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन २३ गते गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो