१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी स्थायी घर भई अस्थायी प्रहरी चौकी श्रीपुरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादवलाई साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २३ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी पुष्पराज मल्लले बताए ।
पीडित युवतीलाई आरोपितले साउन २ गते विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको र त्यसपछि कसैलाई भने मारी दिने धम्की दिएर पटकपटक बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।
महिला अधिकारकर्मीको सहयोगमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको हो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २२ गते गरिएको छ ।