१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-६ का २२ वर्षीय दिपेन्द्र मुरावविरूद्ध पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ भदौ २० गतेदेखि प्रलोभन र धम्की देखाएर बलात्कार गर्दै आइरहेको र अन्तिम पटक साउन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा कारवाही प्रक्रिया बढाइएको र आरोपित फरार रहेकाले खोजी भइरहेको समेत प्रहरीले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २० गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।