२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गाउँपालिका–५ का २८ वर्षीय सन्तोषकुमार यादवविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १४ गते उजुरी दर्ता गरेको छ ।
विराटनगर उमनपा डेरा गरी बस्ने आरोपितले जागिरको प्रलोभन दिई पीडित महिलालाई साउन ८ गते बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
जागिरको प्रलोभन दिई झुक्याएर बलात्कार तथा लुटपाट कार्यमा संलग्न आरोपित घटना लगत्तै फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ९ गते गरिएको छ ।