सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीलाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा छिमेकी २५ वर्षीया अनिता मगरविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन १४ गते उजुरी दर्ता गारएकी छिन् ।
पीडित महिलालाई आरोपितले एक महिनादेखि कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन १३ गते पीडित महिलाको छोरालाई समेत बोक्सीको छोरा भन्दै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी रुपक खड्काले बताए । हाल आरोपित फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनायो ।