१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका-१ का २६ वर्षीय नवीन यादवविरूद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते लमहीको एक गेष्ट हाउसमा बोलाएर बलात्कार गरी भागेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनायो । फरार आरोपितको खोजी भइरहेको इन्स्पेक्टर अरुण सिंहले बताए ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री