२१ वर्षीया युवती र १७ वर्षीया बालिका (दिदीबहिनी)लाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–१७ का ट्रक चालक २६ वर्षीय बिनोदकुमार चौधरी र सहचालक २५ वर्षीय राजकुमार चौधरीलाई साउन ९ गते मधवलियाबाट गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितद्वयले साउन ८ गते स्याङ्गजाबाट बुटवल आउँदै गर्दा ट्रकमा बसाएर ल्याएको र भलबारी पुगेपछि ट्रकभित्रै बलात्कार प्रयास गरेको भन्दै पीडितहरूले साउन ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा घटनापछि फरार रहेका आरोपितद्वयलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।
पीडितद्वयको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।