नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ ।
केराबारी गाउँपालिका–३ घर भएका राईलाई गिरफ्तार गरिएको मोरङका एसपी विश्व अधिकारीले बताए ।
केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा गिरफ्तार गरिएको एसपी अधिकारीले बताए ।
बम विष्फोट, चन्दा आतङ्क, हतियार सङ्कलनलगायतका घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा भएकामा घटनामा समेत राईको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।