INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-६ का ३० वर्षीय सरोज थापालाई असार ३० गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई जागिरको प्रलोभन देखाएर असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो