INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा केन्द्रको विषयमा झडप हुँदा दुईजना घाइते

खत्याड गाउँपालिकाको सभाहलमा पाँचौ गाउँसभाबाट वडा केन्द्र स्थापना गर्ने विषयमा छलफल भई  बहुमतले निर्णय गरेपछि निर्णय आफ्नो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दा झडप भएपछि दुई जना घाइते भएका छन् ।

झडपमा खत्याड गाउँपालिका–७ की ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र सोही गाउँपालिका–४ का गाउँपालिकाको कार्यालय सहयोगी २८ वर्षीय गणेश थापा घाइते भएका हुन् ।

खत्याड गाउँपालिकाको पाँचौ गाउँ सभालले असार २८ गते सोही गाउँपालिकाको–३,६,७,९ र १० वडाको वडा केन्द्र स्थापना गर्ने विषयमा प्रस्ताव भए अनुसार गाउँ सभाको बहुमतको निर्णयले वडा केन्द्र कायम गरेको थियो ।

निर्णय आफ्नो पक्षमा नभएको भन्दै सोही गाउँपालिका–३ रोल गाउँका युवाहरूले गाउँपालिकाको सभा सञ्चालन भइरहेका बेला असार २८ गते साँझ ६ बजे ढुङ्गामुडा गर्दा दुई पक्षबिच झडप भएको थियो ।

गाउँपालिकाको बहुमतको निर्णयले हाल वडा कार्यलय रहेको वडा नम्बर ३ को रानकोटमा वडा केन्द्र कायम भएपछि रोलगाउँका केही युवाले गाउँ सभा चलिरहेका बेला ढुङ्गामुढा गर्दा दुई जना घाइते भएका गाउँपालिकाकी उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन् ।

घाइते दुवैजनाको प्राथमिक उपचार असार २८ गते खत्याड गाउँपालिका–४ माथिचौरमा रहेको निजी मेडिकलमा गरिएको भएपनि घाइतेहरूको थप उपचारका लागि गाउँपालिकाको खर्चमा असार २९ गते सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर नोपलगञ्ज लगिएको गाउँपालिकाले जनाएको छ ।

इलका प्रहरी चौकी रातापानीबाट सईको कमाण्डमा पाँच जनाको सुरक्षाकर्मीको टोली अस्थायी प्रहरी चौकी माथिचौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर ऐरले बताए ।

अन्य

भिडियो