INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई असार २६ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते पत्नी बिरामी परेर उपचार गर्न भारतमा गएको बेला बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिँदै आएकोमा पछि पनि लगातार बलात्कार गर्न थालेपछि पीडित बालिकाले उपचार गर्न गएकी आमालाई फोनमार्फत घटनाका विषयमा जानकारी गराएपछि घटना बाहिर आएको थियो ।

आमाको सहयोगमा पीडित बालिकाकी माइजुले असार २५ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २६ गते गिरफ्तार गरी कारवाही अगाडि बढाएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर रविनराज मैनालीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो