INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा-४ की ४२ वर्षीया दया नेपालीलाई असार १८ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपित नेपालीका आफन्त बुटवल उमनपा-१ का प्रेमबहादुर बिककी १४ वर्षीया छोरी समीक्षा बिक बिरामी परेको अवस्थामा असार ६ गते चर्चमा राखेर मन्त्र सुनाउँदा ‘बोक्सीले मेरो छोरीलाई खान लागी’ भन्दै हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले असार १८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए । पीडितको स्वास्थ्य जाँच असार ११ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो