INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७ घरभई सिद्धार्थनगर नपा–१३ बस्दै आएका १९ वर्षीय अजय पाण्डेलाई असार १५ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।

पोखराबाट घुम्न आएकी पीडित युवतीलाई आरोपितले ठाउँ देखाइदिने बहानामा असार १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा असार १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ परीक्षण असार १५ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो