२५ वर्षीया दुईजना युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका-८ का ३० वर्षीय जीवन ज्ञवालीलाई असार ५ गते गिरफ्तार गरेको छ भने बलात्कार घटनाका मुख्य आरोपित गैडहवा गाउँपालिका-८ का २२ वर्षीय विष्णु थारुलगायत अन्य नाम नखुलेका व्यक्तिहरू फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए ।
पीडितद्वयलाई आरोपितले असार २ गते साँझ गाउँकै खाजा पसलमा खाजा खान बोलाएको र खाजा खाएर फर्कने क्रममा बलात्कार गरेको र सोक्रममा एक जना युवती भागेर गुहार माग्दै दौड्दै गर्दा पाँच जनाको समूह आएर मुख थुनेर बलात्कार गरेको र घटनाका विषयमा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको र धम्कीका कारण ढिला आएको भनी पीडितले असार ५ गते इलाका प्रहरी लुम्बिनीमा उजुरी दिएको प्रहरी समक्ष पीडितलाई उद्घृत गर्दे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित एक जना युवतीको छातिमा चोट लागेको छ भने शरीरका विभिन्न अङ्गहरूमा चिथोरेका घाउहरू रहेको उपचारमा संलग्न चिकित्सकको भनाईलाई उद्घृत गर्दै प्रहरीले जनाएको छ ।
घटनाका विषयमा पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असार ४ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।